जनस्वास्थ्य सिन्धुलीले लामखुट्टे विरुद्धको औषधी छिट्दै



मिनकुमार दाहाल,
सिन्धुली,असोज २४ ।

जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीले औलो प्रभावित क्षेत्रको दुई गाँउ विकास समिती लदाभीर र दुधौलीमा लामखुट्टे विरुद्धको औषधी (अल्फासाइप्रोमेथीन) छिट्न सुरु गरेको छ । कमला खोंच क्षेत्रमा पर्ने दुधौली र लदाभीर गाविसका दश हजार आठ सय वत्तिस जनसंख्यामा सो औषधी छिट्ने काम सुरु गरेको जिल्ला स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरिक्षक रामवहादुर यादवले जानकारी दिनुभयो । दुधौली र लदाभीर गाविसमा घर भित्रको लाम खुट्टे विरुद्ध औषधी छिटेको यादवले जानकारी दिनुभयो । औषधी छिटेर मात्रै लाम खुट्टे नियन्त्रण हुन नसक्ने भए पछि नेपाल सरकारले घर भित्र मात्रै लाम खुट्टे विरुद्धको औषधी छिट्ने कार्यक्रम अघि सारेको वताउनुभयो । 
सिन्धुलीको कमला खोंच क्षेत्रमा पर्ने कमलामाई नगरपालीका को भिमान क्षेत्र,रानीवास,निपाने,हत्पते,र्सिथौली,हर्षाही,टाँडी,दुधौली,लदाभीर सहित एघार गाविस औलो वाट प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सो क्षेत्रमा यस वर्ष २२ जनामा औलो रोगी फेला परेको भेक्टर कन्ट्रोल निरिक्षक रामवहादुरले जानकारी दिएका छन । दुधौली र लदाभीर गाविस भन्दा वाहेकका लाम खुट्टे प्रभावित क्षेत्रमा केही वर्ष अगाडी लाम खुट्टे नियन्त्रण गर्ने सुपानेट झुल वितरण गरि सकेको कारण लाम खुट्टे विरुद्धको औषधी नछिटीएको भेक्टर कन्ट्रोल यादवले भनाइ छ । 

कमला खोंचको औलो प्रभावित गाविस दुधौलीको गाँउ वस्तीमा लाम खुट्टे विरुद्धको औषधी छिट्न दैनिक १५ जनाको टोलीले परिचालन गरेको प्रेमनाथ देवकोटाले वताए । मानव वस्तीको प्रत्येक घर गोठमा लाम खुट्टे विरुद्धको औषधी स्प्रे मार्फत हामीले छिट्ने काम गरि रहेका छौ  देवकोटाले भने ।  सिन्धुली जिल्लाको औलो प्रभावित गाविसमा नेपाल सरकारले औलो विरुद्धको सुपानेट झुल तिहार पछाडी वितरण गर्ने तयारी गरको छ । झुल वितरण  पश्चात सिन्धुली जिल्लामा लाम खुट्टे विरुद्धको औषधी छिट्ने काम वन्द हुने  स्वास्थ्य कार्यालयले जनाएको छ । सिन्धुलीको एक कमलामाई नगरपालीका सहित लदाभीर,दुधौली,हर्षाही,र्सिथौली,निपाने,हत्पते गासिमा ६३ हजार ६५२ सुपानेट झुल वितरण गर्ने तयारी स्वास्थ्य मन्त्रालयले गरेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । 

Related

स्थानिय 6639539977797162375

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item