ढुङ्ग्रेवासको दोश्रो टिम पनि पराजित,भिमान विजयी

http://sindhulidarpan.blogspot.com/2012/10/football.html
पोष्टराज पहाडी,
सिन्धुली,असोज २४ ।
सिन्धुलीमाडीमा जारी ‘जिल्ला स्तरिय अन्तर क्लब फुटबल प्रतियोगिता’ को बुधबार भएको खेलमा भिमान क्लब विजयी बनेको छ । समुह ‘बि’ अन्तर्गत रहेको भिमान क्लबले ढुङ्ग्रेवास बजार समिति ‘बि’ लाई १ गोल अन्तरले पराजित गर्दै बुधबारको खेलमा विजेता बनेको हो । खेलको निर्धारित समयमा दुवै तर्फबाट गोल नभएपछि अतिरिक्त १० मिनेटको समय थपिएको थियो । उक्त अतिरिक्त समयमा पनि दुवैटिमले गोल गर्न सकेनन् । अतिरिक्त समयमा पनि गोल नभएपछि टाई बेकर मार्फत भिमान क्लबले ५ गोल गरेको थियो भने ढुङ्ग्रेवास बजार समति ‘बि’ले ४ गोल मात्र ग¥यो ।
फाईल तस्विर |
उक्त खेलमा सो खेलमा ढुङ्ग्रेवास बजार समितिका समुन्द्र श्रेष्ठ, राज कुमार माझी र नविन श्रेष्ठले पहेलो कार्ड पाएका थिए । विहिबारको खेलमा समूह ‘ए’ का प्रगति यूवा क्लब र सिदार्थ यूवा क्लब विच विहान खेल हुने छ भने दिउँसोको खेलमा समूह ‘बि’ मा रहेका नव प्रतिभा यूवा क्लब ‘बि’ सँग यूवा सञ्जाल सिन्धुलीले प्रतिष्पर्धा गर्ने छ । १९ टिमको सहभागीता रहेको सो खेलमा बुधबारसम्म स्टार युनिटी यूवा क्लब ‘बि’, सुर्यमुखी जनजागृति यूवा क्लब बेल्टार, ढुङ्ग्रेवास बजार समिति ‘ए’ र ढुङ्ग्रेवास बजार समिति ‘बि’ गरी ४ वटा टिमहरु खेलबाट बाहिरी सकेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !