सिन्धुलीमा कुखुरा पालन तालिम




पोष्जराज पहाडी,
सिन्धुली, असोज २५ । 

सिन्धुलीको कमलामाई नगरपालीका ७ वल्लो रामपुरका कृषकहरुका लागि बुधबारबाट कुखुरा पालन तालिम सुरु भएको छ । जनशक्ति सामुदायीक वन उपभोक्ता समुहको आयोजना तथा सौगात लद्युउद्यम सहकारी संस्था लिमिटेड सिन्धुलीको सहजीकरणमा सो तालिम सुरु भएको  हो । तालिममा सो जनशक्ति सामुदायीक वन उपभोक्ता समुहका ४२ जना गरिब, विपन्न, दलित ताथ जनजाती महिलाहरुको सहभागीता रहेको आयोजकले जनाएको छ । 

सो तालिम वन समुहको कुल आम्दानी मध्ये ३५ प्रतिशत आम्दानीबाट गरिब, विपन्न, दलित तथा जनजाती महिलाहरुको उत्थानका लागि खर्च गर्नुपर्ने सरकारी निर्देशिका बमोजिम आयोजना गरिएको सहजीकरण गर्ने संस्था सौगात लद्युउद्यम सहकारीकी लेखा संयोजक विमला थापाले बताइन् । 

साथै उनले तालिमलाई एउटा सहयोगको रुपमा लिएर घरघरमै कुखुरा पालन गर्न सकियो भने कृषकहरुको आयआर्जनमा थप टेवा पुग्ने बताइन् । 
सो तालिमको बुधबार एक कार्यक्रमका विच सुरुवात  गरिएको हो । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा सामुदायीक वन उपभोक्ता महासंघ सिन्धुलीका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले काठ बेचेर मात्र सिन्धुली तथा कृषकहरुको आयआर्जनमा वृद्धि नहुने भन्दै कृषकहरुका लागि यस्ता किसिमका तालिमको आवश्यकता रहेको औल्याए । उनका अनुसार अहिले  जिल्लाका २ सय ३७ सामुदायीक वनहरुले आम्दानीको ३५ प्रतिशत रकमबाट तालिमहरु सञ्चालन गर्दै आएका छन् । 
उद्घाटन कार्यक्रममा उद्योग वाणीज्य संघ सिन्धुलीका उपाध्यक्ष अमरेश चन्द्र वैदार, सौगात लद्यु उद्यम सहकारीकी अध्यक्ष मंगला बराल, सोहि संस्थाकी जानुका श्रेष्ठ, पत्रकार लगायतको उपस्थिती रहेको थियो । 
कार्यक्रम जनशक्ति सामुदायीक वन उपभोक्ता समुहका अध्यक्ष धर्मध्वज बलको सभापतित्वमा सम्पन्न भएको हो । तालिमको सहजीकरण नरेश देवकोटा तथा नेम्बोस ग्रुप काठमाडौँका डा. राजेश चौधरी र निशा शर्माले गर्ने आयोजकको भनाई छ । तालिम २८ गते सम्म सञ्चालन हुनेछ । 


Related

स्थानिय 3136515291400745662

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item