सरकारी निकायसँग मिलेर काम गर्न जोड



पोष्टराज पहाडी
,सिन्धुली,असोज २५ । 

एक कार्यक्रमका सहभागीहरुले जिल्लामा काम गर्दै आएका गैर सरकारी संघ संस्थाहरुले सरकारी निकायसँग मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् । बुधबार सिड्स नेपाल सिन्धुली र हेण्स नेपाल दुधौलीकोसंयुक्त आयोजना तथा हेल्पर इन्टरनेसनलको सहयोगमा  सिन्धुलीमाडीमा सम्पन्न जिल्ला स्तरिय परिचयात्मक कार्यक्रमका सहभागीहरुले सो कुरामा जोड दिएका हुन् । कार्यक्रमका सहभागीहरुले गैर सरकारी संघ संस्थाले सरकारी निकाय सँग मिलेर काम नगर्दा कतिपय स्थानहरुमा दुई तिन वटा संस्थाहरुको एउटै कार्यक्रम एउटै गाउमा पर्न जाँदा गरेको कामको प्रभावकारीता नदिखिएकोले कार्यक्रमको प्रभावकारीताका लागि सरकारी निकायसँग मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । 
साथै कार्यक्रमका सहभागीहरुले काम गरिसकेपछि त्यसबाट भएको परिवर्तनको मुल्याङ्कनका लागि गरेको काम कार्यवाहीको लेखाजोखा गरिनुपर्ने बताएका छन् । 
स्थानिय विकास अधिकारी ध्रुव बहादुर खड्काको प्रमुख आतिथ्यता तथा सिड्स नेपाल सिन्धुलीका अध्यक्ष दिपक घिमिरेको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय राजनितीक दलहरु एनेकपा माओवादीका राजन दाहाल, नेपाली काँग्रेसका मोहन बराल, एमालेका महेन्द्रदेव श्रेष्ठ, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।  

Related

विविध 5566619511466578763

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item