प्रचण्ड आज बेल्जियम जाँदै



काठमाण्डौ,असोज २५ । 

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज राती बेल्जियम जाँदै हुनुहुन्छ । पार्टी कामको सिलसिलामा प्रचण्ड ४ दिनका लागि बेल्जियम जान लाग्नु भएको माओवादीले जनाएको छ ।

 प्रचण्डले त्यहाँ पार्टीको भ्रातृसंगठन जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुनुहुने उहाँको निजी सचिवालयले जनाएको छ । प्रचण्डले युरोपमा हुने विभिन्न कार्यक्रममा सहभागिता जनाउने र युरोपेली युनियनका पदाधिकारीसँग पनि छलफल गर्नुहुनेछ ।

 कार्यक्रमकै लागि विदेश विभाग प्रमुख राम कार्की बेल्जियम गइसक्नु भएको छ । त्यस्तै अर्थमन्त्री वर्षमान पुन आजदेखि जापानको टोकियोमा आयोजना हुने विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी हुन गएराती त्यसतर्फ जानु भएको छ ।

Related

राष्ट्रिय 2489249114816992389

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item