एकीकृत माओवादीले महाधिवेसनको कार्ययोजना सार्वजनिक गर्दै
http://sindhulidarpan.blogspot.com/2012/10/news_11.html
काठमाण्डौ,असोज २५ ।
एकीकृत नेकपा माओवादीले आफ्नो महाधिवेशनको कार्यसूची आज सार्वजनिक गर्ने भएको छ । केन्द्रीय कार्यालयको बैठकले तयार गरेको कार्यसूचिलाई अहिले बसिरहेको पदाधिकारी बैठकले अन्तिम रुप दिएपछि दिउँसो पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने माओवादीले जनाएको छ । पदाधिकारी बैठक अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड निवास लाजिम्पाटमा बसिरहेको छ ।
आजको पदाधिकारी बैठकले त्यसलाई अन्तिम रुप दिएपछि सार्वजनिक गरी जिल्ला जिल्लामा पठाउन प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
आजको बैठकले अध्यक्ष प्रचण्डको अनुपस्थितमा दलहरुसँग गर्ने वार्ताका विषयमा पनि छलफल हुने सापकोटाले बताउनुभयो । एकीकृत माओवादीले सहमति नभएसम्म सरकारबाट राजीनामा नगर्ने तर सबै विकल्प खुला राखेर वार्ता गर्ने सहमति निर्णय गरिसकेको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !