सिन्धुलीका कृषकलाई तालिम



पोष्टराज पहाडी,
सिन्धुली,असोज २४ । 

स्थानीय अगुवा कृषकहरुका लागि सञ्चालन भएको ३ दिने कृषी सम्बन्धि तालिम मंगलबार सम्पन्न भएको छ । प्लान नेपालको सहयोग र सिड्स नेपाल सिन्धुलीको आयोजनामा भएको सो तालिममा जिल्लाको कमलामाई नगरपालीका सहित भिमेश्वर, जलकन्या, रतनचुरा, भद्रकाली, रानीचुरी, रानीबास, हत्पते र सिर्थौली गरि ८ वटा गाउ विकास समितीका अगुवा कृषकहरुको सहभागीता रहेको थियो । 
स्थानीय अगुवा कृषकहरुले सो तालिमप्राप्त गरिसकेपछि आफ्नो समुदायमा रहेका कृषकहरुलाई समेत उनिहरुले आफुले सिकेका सिपहरु प्रदान गर्ने उदेश्यले अगुवा कृषकहरुलाई सो तालिम प्रदान गरिएको सिड्स नेपालका माधव पराजुलीले जानकारी दिनुभयो । 
यसैगरि प्लान नेपालका  रुद्रनाथ दाहालले कृषकहरुले कृषी पेशामा सफलता हात पारेपछि प्रत्यक्ष रुपमा तिनिहरुका बालबालिकाले सहज रुपमा शिक्षा लिन पाउन भन्ने उदेश्यले तालिम आयोजना गरिएको बताउनुभयो । 
तालिममा सहभागी हत्पतेकी सिता लामिछानेले तालिममा आफुहरुले उपलब्धिमूलक धेरै ज्ञानहरु प्राप्त गरेकोले अब आफ्नो समुदायमा गई छिमेकी किसानलाई पनि जानेका कुरा सिकाउने र आफुहरुले सिकेका कुरा व्यवहारमा उतार्ने वताउनुभयो ।  

Related

प्रमूखखबरहरु 4803878440432550253

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item