नगद सहित १२ जुवाडे पक्राउ




डडेल्धुरा,असोज २४ । 

डडेल्धुरा अम्मरगडी नगरपालिका ५ किर्तिपुरबाट प्रहरीले नगदसहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ । गएराती अमरगडी नगरपालिका ५ किर्तिपुरका डम्मर बहादुर साँउदको घरबाट १२ जना जुवाडेसहित नगद ४१ हजार ९ सय ६५ बरामत गरेको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा अम्मरगडी नगरपालिका ५ किर्तिपुरका सुरज ओली, सोहि ठाँउका निलकन्ठ भट्ट, दिनेश साँउद, डम्मर साँउद, बलबहादुर विष्ट, गणेशपुर ६ का नवल मल्ल, कोटेली ४ का भुवन साँउद, बेलापुर ६ का विक्रम विष्ट, अम्मरगडी नगरपालिका ८ का भिम बहादुर ऐर, बगरकोट ४ का मोहन सिह साँउद र अम्मरगडी नगरपालिका ९ का लाल बहादुर महर रहेको छन । उनिहरुलाई जुवातास ऐन २०२० अनुसार मुद्दा दायर गरि कार्वाहि अगाडी बढाईने डडेल्धुराका प्रहरी नायव उपरिक्षक विनोद घिमिरेले बताउनुभयो ।

Related

राष्ट्रिय 7557454168796154069

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item