एसीसी ट्रफी एलिट कप क्रिकेटमा नेपाल मलेसियाको सामना गर्दे

http://sindhulidarpan.blogspot.com/2012/10/sports_10.html
काठमाण्डौ,असोज २४ ।
युएईमा जारी एसीसी ट्रफी एलिट कप क्रिकेटको सेमिफाईनलमा नेपालले आज मलेशियाको सामना गर्दैछ । समूह चरणको अन्तिम खेलमा हङ्गकङ्गलाई हिजो १ सय २५ रनले हराउँदै नेपाल सेमिफाईनलमा पुगेको हो । नेपाल एसीसी ट्रफी एलिटकपमा छैटौपल्ट अन्तिम चारमा पुगेको हो । समूह चरणमा समान ३ खेलमा जीत र एकमा हार ब्योहोरेको युएई नेट रनरेटमा अगाडी रहेपनि नेपालले यसअघि युएईलाई हराएकाले हेड टु हेडका आधारमा समूह बिजेता बनेको हो । मलेशिया समूह ए को उपबिजेता हो ।
एसीसी ट्रफीको सेमिफाईनलमा नेपाल र मलेशिया तेश्रो पल्ट भिड्न लागेका हुन् । यस अघिका दुवै खेल नेपालले जितेको थियो । गएको महिना भएको डिभिजन ४ क्रिकेटमा नेपालले मलेशियालाई १० विकेटले हराएको थियो । सेमिफाईनल बिहान सवा ११ बजे अबुधावीमा हुँदैछ । आजै अर्को सेमिफाईनलमा अफगानिस्तान र युएई भिड्नेछन् । अफगानिस्तान समूह चरणका ४ वटै खेल जितेर समूह बिजेताका रुपमा सेमिफाईनलमा पुगेको हो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !