सर्लाहीमा अनुगमन कार्य तिब्र,५ सय ७० लिटर घरेलु मदिरा बरामद

http://sindhulidarpan.blogspot.com/2012/10/drink_10.html
सुनिल ठाकुर,
सर्लाही,असोज २४ ।
संयुक्त अनुगमन टोलीले सर्लाही सदरमुकाम मलंगवाबाट घरेलु मदिरा, मदिरा बनाउने कच्चा पदार्थ तथा मदिरा बनाउने भाँडाकुडा हिजो साँझ बरामद गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीको संयुक्त टोलीले मलंगवाको विभिन्न घरमा छापा हान्दा ५ सय ७० घरेलु मदिरा, ५ हजार ७ सय मदिरा बनाउने कच्चा पदार्थ तथा २१ थान मदिरा बनाउने भाँडाकुडा बरामद गरेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सर्लाहीले जनाएको छ ।
बरामद गरिएको मदिरालाई राति नै नष्ट गरिएको प्रहरीले जनाएको छ । नजिकिंदै गरेको चाडवर्पलाई लक्षित गरि संयुक्त अनुगमन टोलीले बजार तथा होटलहरुको अनुगमनलाई तिब्र बनाएको हो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !