धनुषाका फरार भ्रष्टाचारी डाक्टर पक्राउ



काठमाडौं,  असोज २३ । 

सर्वोच्च अदालतबाट भ्रष्टाचार मुद्दामा सजाय पाएका धनुषा जिल्लाका तत्कालिन जिल्ला शिक्षा अधिकारी डा.योगेन्द्र ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय धनुषामा रहेको कार्यालयको खाताबाट रकम भ्रष्टाचार गरेको ठहर भएपछि सर्वोच्चले ६५ वर्षीय डा.ठाकुरलाई २०६६ साल भदौ–३० गते कैद सजाय तथा जरिवाना फैसला गरेको थियो । फैसलासँग डा.ठाकुर फरार थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले लुकिछिपी बसेको अवस्थामा भक्तपुरको सानोठिमीबाट सोमबार पक्राउ गरेको थियो ।

सर्वोच्चको फैसलाअनुसार डा.ठाकुर विरुद्ध बिगो बमोजिम ३८ लाख २ हजार जरीवाना र ४ वर्ष कैद तोकिएको छ । सिराहा जिल्ला लाहान नगरपालिका–४ स्थायी घर भएका डा.ठाकुर काठमाडौं महानगरपालिका–१५, बल्खु बस्दै आएका थिए । भ्रष्टाचारी ठहर भएका डा.ठाकुर हाल लोकतान्त्रिक जनता पार्टी नेपालका राष्ट्रिय सभापति समेत हुन् । जिल्ला शिक्षा कार्यालय धनुषामा शिक्षा अधिकारीमा कार्यरत रहँदा डा. ठाकुरले मर्यादित एवम् जिम्मेवारी विपरित निजी फाईदाका कार्य गरेर भ्रष्टाचार गरेका थिए ।

आफ्नै जनकपुर टेक्निकल ईन्स्चीच्यूट नामक संस्थाको नामबाट सरकारबाट प्राप्त हुने सरकारी अनुदान, बिभित्र माबि तथा निमाबि शिक्षकहरूको तलब भत्ता ईत्यादि लिने गरेको सर्वोच्चको फैसलामा उल्लेख छ ।

Related

राष्ट्रिय 2481491920563286475

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item