काङ्ग्रेसले आज ३७ औं राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै


काठमाण्डौ ,पुस १६ ।
नेपाली काङ्ग्रेसले आज ३७ औं  राष्ट्रिय मेलमिलाप दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदैछ । वि.सं. २०३३ पुस १६ गते आजकै दिन काङ्ग्रेस नेता विश्वेश्वरप्रसाद कोइराला राष्ट्रियता र प्रजातन्त्रको लागि ८ वर्ष लामो भारत निर्वासनपछि स्वदेश फर्केको सम्झनामा काङ्ग्रेसले हरेक वर्ष मेलमिलाप दिवस मनाउँदै आएको छ । जिल्ला जिल्लामा हुने मेलमिलाप दिवसको कार्यक्रमलाई सम्बोधन गर्न केन्द्रीय नेताहरु जिल्ला पुगिसकेको काङ्ग्रेसले जनाएको छ । दिवसको अवसरमा काठमाण्डुमा पनि विशेष कार्यक्रम गरिनेछ । पार्टी कार्यालय सानेपाविपी संग्रहालय सून्दरीजलमा  हुने कार्यक्रममा सभापति सुशील कोइराला सहितका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम छ ।
 
काङ्ग्रेसले सदभाव, असहमति र राजनीतिक द्धन्द्धलाई केन्द्रित गरेर कार्यक्रम गर्न लागेको नेता अर्जुन नरसिंह केसीले जानकारी दिनुभयो । कार्यक्रमको सिलसिलामा झापा पुग्नुभएका नेता अर्नुननरसिंह केसीले पार्टीको आन्तरिक समस्या र देशको पछिल्लो अवस्थालाई संयोजन गर्ने गरी मेलमिलाप दिवस मनाउन लागिएको सीआईएनसँग बताउनुभयो । यसैबीच काङ्ग्रेस सभापति सुशील कोइरालाले अहिले पनि विपीको मेलमिलापको सान्दर्भिकता उत्तिकै रहेको बताउनुभएको छ । आज एक शुभकामना सन्देश दिनुहुँदै कोइरालाले काङ्ग्रेस संविधानसभाको चुनाव, संघिय गणतन्त्रात्मक संविधानका विषयमा प्रतिवद्ध रहेको बताउनुभएको छ ।

Related

विविध 2916375276406407583

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item