आगो ताप्दै गर्दा जलेर एक बृद्को मृत्यु


  म्याग्दी,पुस १६ ।
पर्वतको लेखफाँटमा एक बृद्को आगो ताप्दै गर्दा शरीरमा आगो सल्किँदा जलेर मृत्यु भएको छ । पर्वतको लेखफाँट ५ ठूलाचौर निवासी ९६ वर्षीइा डम्मिकला पौडेलको गएराति आगो ताप्दै गर्दा सल्किएको आगोलागीमा गम्भिर घाइते भएपछि उपचारको क्रममा  मृत्यु भएको हो । आगोले जलेर गम्भीर घाइते पौडेलको लेखफाँट उपस्वास्थ्य चौकिमा उपचार गर्दागर्दै  गएराति ११ बजे मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । 
आगोलागिमा करिब ५० हजार बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ ।  परिवारमा छुट्टै कोठामा बस्दै आउनुभएकी पौडेलले आगो तापिरहेको समयमा अगेना वरिपरी रहेको दाउराको भुसबाट उहाँमाथि आगो सल्किएको हुनसक्ने परिवार स्रोतले जानकारी दिएको छ ।  बेलुका ८ बजेतिर आगो ताप्दै गर्दा आगो सल्किएको र राम्रोसँग आखाँ नदेख्ने हुनाले घटना घटेपछि परिवारले थाहा पाउनासाथ गाँउलेलाई खवर गरी आगो नियन्त्रण लिइएको थियो ।

Related

विविध 3574893858675694831

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item