काभ्रेको पनौतीमा “पनौती सडक महोत्सव –२०६९” आजबाट सुरु


अशोक महत,काभ्रे,पुस १६ ।
“वर्ष २०१२ लाई विदाई गर्न र नयाँ वर्ष २०१३ लाई स्वागत गर्न पनौती जाऔ, सुन्दर गन्तव्यहरुको अवलोकन गरौँ” भन्ने मुल नाराका साथ काभ्रेको पनौतीमा ऐतिहासिक नगरी पनौतीमा “पनौती सडक महोत्सव २०६९” आजबाट सुरु हुदैछ । आज र भोलि  चल्ने महोत्सवको उद्देश्य पनौतीमै रहेका नयाँ–नयाँ पर्यटकिय गन्तव्यहरुलाई सबैसामु परिचित र प्रर्वद्र्धन गर्नु भएको आयोजकले जनाएको  छ । महोत्सवको बरिष्ठ कलाकार नीर शाहले मध्यान्ह १२ बजे उद्ध्घाटन गर्ने कार्यक्रम छ । महोत्सवमा अवधिभर १ लाख स्थानिय तथा बाह्य पर्यटकले अवलोककन गर्नेे महोत्सव आयोजनाका निर्देशक सुरेश सैंजुले जानकारी दिनुभयो । महोत्सवमा ५० भन्दा बढी व्यवसायीक स्टलहरु रहनेछन् । पनौतीको संस्कृती झल्काउने बाजागाजा प्रर्दशन, देविनाचसहित विभिन्न प्रस्तुतीहरु रहने छन् भने खाना महोत्सव, खोपासी पोखरीमा बोटिङ, घुम्ति बसद्धारा नयाँ–नयाँ ठाउँको अवलोकन, नयाँ वर्ष २०१३ को पहिलो सूर्योदयको अवलोकन गर्न लामाडोलमा आज रात्री शिविर, नेवाः भोजका साथै ख्यातीप्राप्त राष्ट्रिय तथा स्थानिय कलाकारहरुको पनि प्रस्तुति महोत्सवका हेर्न पाईनेछ । पनौती पर्यटन विकास केन्द्रको आयोजनामा हुन लागेको महोत्सवलाई भव्य र सभ्य तरिकाले सम्पन्न गर्न पनौती नगरपालिका, नेपाल पर्यटन वोर्ड, रोयल माउन्टेन ट्राभल्सलगायत मिडिया पार्टनको रुपमा ग्रेस एफएम १०७.६ मेगाहर्जले साथ दिईरहेका छन् ।

Related

प्रमूखखबरहरु 3896915128377965936

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item