प्रहरीले मादक पदार्थ सेवन गरी स्थानीयलाई कुटे


 नवलपरासी,पुस १६ ।
नवलपरासीको सेमरीमा गएराति इलाका प्रहरी कार्यालय सेमरीका प्रहरी नायव निरीक्षक नवराज केसीले मादक पदार्थ सेवन गरी स्थानीयलाई कुटपिट गरेका छन् । कुटपिटको विरोधमा स्थानीयले अहिले सडक अवरुद्ध पारेका छन् । उनीहरुले केसीको सरुवा हुनु पर्ने माग राख्दै बर्दघाट त्रिवेणी सडक खण्ड अन्तरगत सेमरीमा बाटो अवरुद्ध पारेका हुन् ।  को लु १ ख १२ ०७ नम्बरको ट्रक पल्टिएका कारण ट्रकमा रहेको उखुलार्ई ट्याक्टरमा लोड गरिराखेको अवस्था केसीले एक्कासी मजदुरहरुलाई कुटेका हुन् ।

 ट्रक धनी मदन बानियाँले प्रहरी नायव निरीक्षक केसीले मादक पदार्थ सेवन गरी अपशब्द बोल्दै स्थानीय बासिन्दा एवम् मजदुरहरुलाई कुटपिट गरेको बताउनुभयो । केसीले अजय चौधरी, मानबहादुर चौधरी, प्रकाश चौधरी, बेदबहादुर थारु, नाथु चौधरी, रामबहादुर चौधरी र माकर ४ बस्ने सुनिल नेपालीलाई कुटपिट गरेको बानियाँको आरोप छ ।

Related

विविध 5111947438196831732

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item