राष्ट्रपति–एमाले अध्यक्ष खनालबीच भेटवार्ता



काठमाडौं, पुस १६  ।
राष्ट्रपति रामवरण यादवले मुलुकमा जारी गत्यारोध लम्बदै गरेकाले सहमतिमा पुग्न पुन नेताहरुको ध्यानाकर्षण गराउनुएको छ । आज बिहान नेकपा एमालेका अध्यक्ष झलनाथ खनालसंगको छलफलमा रष्ट्रपति यादबले वैशाखमा निर्वाचन गर्न केहि दिनमा सहमतिमा पुग्नु जरुरी भएको भन्दै टुंगोमा पुग्ने वाताबरण बनाउन आग्रह गर्नुभयो । 
राष्ट्रपतिले सहमतिमा पुग्न लागेको आश्वासन दिए पनि निकास अझै फेला नपरेको भन्दैगुनासो समेत गर्नुभएको बुझिएको छ । 
छलफलपछि बाहिरिदै एमाले अध्यक्ष झलनाथ खनालले  मुलुकको पछिल्लो राजनैतिक अबस्थाका बिषयमा छलफल  भएको भन्दै केहि दिन भित्र सहमतिमा पुगीने दाबी गर्नुभयो । उहाले दलहरुबिच सहमति हुन नसकेको प्रति राष्ट्रपतिले चिन्ता ब्यक्त गर्नुभएको जानकारी दिनभयो ।पटक पटक समयसिमा दिदा पनि दलहरुबिच सहमति नभएपछि राष्ट्रपति यादब चिन्तीत हुनुभएको छ । राष्ट्रपति यादबले अन्तरिम संविधानको धारा ३८(१) अनुसारको सरकार गठनका लागि मंसिर ८ गते सात दिनको समयसीमा तोकेर दलहरुलाई आह्वान गर्नुभएको थियो । सो समयसीमामा सहमति नजुटेपछि प्रमुख दलहरुको आग्रहमा राष्ट्रपतिले पटक पटक समय दिदै आउनुभएको छ । हाल संसद् नभएकाले सहमतीय प्रधानमन्त्रीको प्रस्ताव हुन नसके संविधानको धारा ३८(२) अनुसारको बहुमतीय सरकार गठन गर्ने बाटो अवरुद्ध छ । राष्ट्रपतिले फेरि थप गरेको समयमा पनि सहमतिय सरकार गठनका लागि थपेको समय सिमामा पनि सहमति हुन नसके के गर्ने भन्ने संवैधानिक प्रावधान छैन ।

Related

राष्ट्रिय 807552050992203946

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item