३५ हजार बुझाउँदा पनि आफन्तले शव पाएनन्


काठमाडौ, पुस १६  । 
 आगलागीमा परि उपचारका क्रममा मृत्यु भएकी मायाँ खड्काको शव निकाल्न अस्पताललाई ३५ हजार बुझाए पनि आफन्तले शव पाएका छैनन् । गत २१ गते राति धरानमा घरको किचनमा बसिरहेका बेला एक्कासी आगलागीमा पर्नुभएकी मायाँ खड्काको धरानमा उपचार नभएपछि काठमाडौको सुन्धारास्थित लाइफकेयर हस्पिटलमा उपचारका क्रममा गत ८ गते निधन भएको थियो ।

निधनपछि सव बुझनका लागि अस्पतालले आफन्तलाई छुटसहित ९४ हजार ल्याउन भनेपछि रकम उपलब्ध गराउन नसक्दा खड्काको शव ८ दिनदेखि हस्पिटलमा रहेको आफन्तले जनाएका छन् । हस्पिटलका इन्चार्ज रवि रौनियारसहितको टोलीले ३५ हजार बुझाए शव आफन्तलाई दिने भनेपछि खड्काका आफन्तले हस्पिटलमा ३५ हजार बुझाए पनि पुनः ६५ हजार ल्याउन भन्दै शव नदिएको खड्काका श्रीमान प्रकाश खड्काले जनाउनुभयो ।

उहाँले पटकपटक अस्पतालमा धाउदासमेत शव नपाएको गुनासो गर्नुभयो । आफ्नो आर्थिक अवस्था कमजोर भएर धरानमा मजदुरी गर्दै आएका खड्काकी श्रीमतीको उपचारका लागि साथीहरूले सहयोग गरेका थिए । श्रीमतीको उपचारमा एक लाख ५० हजार सकेका खड्काले शव निकाल्ने रकम भने अभाव भएको गुनासो गर्नुभयो ।

हस्पिटलले समस्यामा पारेर पैसा लुट्ने षड्यन्त्र गरेको उहाँको आरोप छ । खड्काले भन्नुभयो, ‘गरिबलाई लुट्ने सड्यन्त्र हस्पिटल इन्चार्ज रवि रौनियारले गरे, सुरुमा ३५ हजार दिए शव उपलब्ध गराउने भनेका रौनीयारले ३५ हजार बुझेलगत्तै थप ६४ हजार नदिए शव उपलब्ध नगराउने बताउनुभयो ।’

Related

विविध 2044202167350046037

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item