लिगमा मनाङमस्र्याङ्दी र जाउलाखेल विजयी, जितसँगै मनाङ दोस्रो स्थानमा


काठमाडौ, पुस १६  ।
राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आजको खेलमा मनाङमस्र्याङ्दी र जाउलाखेल युथ क्लव विजयी भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको दोस्रो खेलमा मनाङले सशस्त्र प्रहरीको एपिएफ क्लवलाई ३–शुन्यको अन्तरले पराजित गरेको हो । जितसँगै १० खेलबाट २१ अंक जोडेको मनाङ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
 जितका लागि मनाङका सविन्द्र श्रेष्ठ, शिव श्रेष्ठ र सिकोले एक–एक गोल गरे । आजको खेलसँगै १० खेलबाट ९ अंक भएको एपिएफ १२ औं स्थानमा यथावत छ । यसअघि आजै भएको पहिलो खेलमा जाउलाखेलले बौद्ध फुटबल क्लवलाई ३–शुन्यले नै पराजित गरेको छ । जितसँगै १० खेलबाट १४ अंक जोडेको जाउलाखेल २ स्थान माथि उक्लिंदै आठौं स्थानमा पुगेको छ भने समान खेलबाट १ अंक मात्रै बनाएको बौद्ध पुच्छारमा छ ।

Related

प्रमूखखबरहरु 5817846341258881347

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item