महिला हिंसा न्युनिकरणका लागी आज पनि धर्ना

http://sindhulidarpan.blogspot.com/2012/12/women.html
काठमाण्डौ , पुस १६
महिला हिसां न्युनिकरण र दोषिलाई कारबाहीको माग गर्दै आन्दोलन जारी रोखका महिला अधिकारकर्मीले आज पनि प्रधानमन्त्री निवास बालुबाटारमा धर्ना दिने भएका छन् । हिसांका घटनामा संलग्नहरुलाई कारबाही गर्ने प्रतिबद्धता सरकारले जनाएपनि ठोस कदम नचालेसम्म आन्दोलन जारी राख्ने बताउँदै आएका अधिकारकर्मीहरुले आज दिउंसो २ बजेदेखि ४ बजेसम्म प्रधानमन्त्रीको सरकारी निवासमा धर्नाको कार्यक्रम तय गरेका हुन् । गएको ४ दिन यता उनिहरुले धर्ना कार्यक्रम जारी राखेका छन् । पछिल्लो समय लगातार महिलामाथि भएका हिंसात्मक गतिबिधिमा सरकारको ध्यान नगएको भन्दै सरकारले उचित कानून बनाई यस्ता घटना रोक्ने तर्फ उन्मुख हुनु पर्ने उनीहरुको माग छ ।सरकारले हिजो सरोकारवालाहरुको छलफलका क्रममा दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको थियो । सरकारी प्रतिबद्धता कार्यान्वयनको लागि काम शुरु भएको बताएपछि ठोस निति र उपलब्धि नभएसम्म आन्दोलन जारी राख्ने योजनामा महिला अधिकारकर्मीहरु रहेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !