तुसारोले नष्ट गरेको आलु खेतीको क्षतिपूर्ति नपाएको किसानहरुको गुनासो

http://sindhulidarpan.blogspot.com/2013/01/agriculture_6128.html
प्रकाश सुन्दास,
काभ्रे,माघ ९ ।
काभ्रे पाँचखालका किसानहरुले अत्याधिक चिसोसँगै परेको तुसारोले नष्ट गरेको आलु खेतीको क्षतिपूर्ति पाउनुपर्ने माग राखेका छन् । पाँचखाल क्षेत्रमा गएको पुस अन्तिम साता परेको तुसारोले ६० प्रतिशत भन्दा बढि आलुखेतीमा क्षति पु¥याएको थियो । प्राकृतिक विपत्तीका कारण मूख्य बाली नष्ट भएपछि किसानहरु चिन्तित बनेका छन् भने क्षतिपूर्ति दिलाउने विषयमा अझ सम्म कसैले चासो नदिएको गुनासो गरेका छन् । कृषि विभाग र जिल्ला कृषि विकास कार्यालय काभ्रेको संयुक्त टोलीले अनुगमन गरी १२/१३ करोड रुपैयाँको क्षति भएको प्रारम्भिक तथ्याङ निकालेको थियो ।
सरोकारवाला निकायहरुबाट थप अनुगमन नभएपछि किसानहरु आफैले क्षतिको विवरण संकलन गर्न थालेको किसान भोलानाथ अधिकारीले बताउनुभयो । जिल्ला कृषि विकास कार्यालय काभ्रेका बरिष्ठ बाली संरक्षण अधिकृत मधुसुदन पौडेलले किसानहरुलाई क्षतिपूर्ति दिने विषयमा विभाग मार्फत पहल भइरहेको र तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सक्ने अवस्था नरहेको बताउनुभयो । किसानहरुले कम्तिमा २५ करोड बराबरको आलुखेतीमा क्षति पुगेको बताएका छन् । पाँचखाल उपत्यकाको ८ सय ८५ हेक्टर क्षेत्रफल जमिनमा आलु खेती हुदैँ आएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !