उनन्चास विमानस्थलमा हवाई सेवा उपलब्ध गराउन सकिने

http://sindhulidarpan.blogspot.com/2013/01/airlines.html
काठमाडौ १८ पौष

पूर्वाञ्चल विकास क्षेत्रमा १४, मध्यमाञ्चलमा आठ, पश्चिमाञ्चलमा सात, मध्यपश्चिमाञ्चलमा १० र सुदूरपश्चिमाञ्चलमा नौ गरी ३३ वटा विमानस्थल रहेका छन् । निर्माणका क्रममा अहिले ५ वटा विमानस्थल रहेका छन् । निर्माणधिन विमानस्थलमा कालीकोट, ओखलढुङ्गाको खिजी चण्डेश्वरी, डोल्पाको मसिनेचौर, लमजुङको शीतलेस्वाँरा र गुल्मीको सिमीचौर छन् । यसैगरी नयाँ प्रस्तावित विमानस्थलमध्ये इलामको सुकीलुम्बा निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट स्वीकृति प्राप्त भएको प्राधिकरणका महानिर्देशक त्रिरत्न मानन्धरले जानकारी दिनुभयो । यस्तै एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका गुरुयोजनाअनुरूप कामसमेत अगाडि बढाइएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !