अमेरीकामा बित्तिय संकट हटाउने सहमति


काठमाडौं,  पुस १८ ।
अमेरिकामा आकस्मीक रुपमा बढ्न लागेको बित्तीय भिरको संकट समाधानका लागि एक सम्झौता भएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस र रिपब्लिकन पार्टीबीच करलाई नियन्त्रण गर्न र यसका कारण खर्चमा हुने कटौती रोक्न एक सम्झौता भएको हो । २०१२ को अन्त्य संगै अमेरीकामा तिब्र बृद्धि हुन लागेको बित्तिय संकटलाई यस सम्झौताले समाधान गर्ने छ । सिनेटमा लामो समयसम्म विवादका रुपमा रहेको उक्त बिधयकका बिषयमा सम्झौता भएपछि यसलाई राष्ट्रपति बाराक ओबामाको अर्को बिजयका रुपमा लिईएको छ ।
यस अघि रिपब्लीकन पार्टीले सम्पुर्ण जनतालाई कर लगाउनु पर्ने बिषयमा आफ्नो मत राखेको थियो भने, डेमोक्रेट दलले ठुला आर्थिक कारोबारीलाई मात्र कर लगाउनु पर्ने बिषयमा आफ्नो मत राखेको थियो । यस अघि राष्ट्रपति बिल क्लिनटनका पालामा बनेको यस प्रकारको कर प्रणालीलाई रिपब्लीकन पार्टीले बिरोध गर्दै आएको थियो । हिजो भएको सम्झौताले सरकारी बजेटमा १ सय ९ अर्ब अमेरिकी डलर कटौती गर्ने कुरालाई भने दुई महिना पछाडि सारेको छ । यस विषयमा राष्ट्रपति ओबामाको डमोक्र्याट तथा रिपब्लिकन पार्टीका सदस्यबीच फेब्रुअरी महिनामा पुनः बिवाद देखा पर्ने सम्भावना छ ।

Related

प्रमूखखबरहरु 5500796604836318444

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item