आजैबाट लोडसेडिङ दुईघण्टा घट्ने प्रधानमन्त्रीको प्रतिवद्धता



काठमाण्डौ,माघ ९ ।

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आजैबाट लोडसेडिङ कटौती गरिने प्रतिवद्धता जनाउनु भएकोछ । प्रधानमन्त्री भट्टराईले दिनको दुईघण्टा लोडसेडिङ कटौती हुने र त्यसको सुरुवात पनि आजैबाट गर्ने बताउनु भएको हो । सामाजिक सञ्जाल ट्विटर मार्फत केहीबेर अघि मात्रै लोडसेडिङ कटौती हुने जानकारी प्रधानमन्त्रीले गराउनु भएको हो । 

उहाँले यो हिउँदमा १० देखि १२ घण्टा भन्दा बढि  लोडसेडिङको समय पनि नबढ्ने प्रतिवद्धता जनाउनुभएको सहयोगी विश्वदीप पाण्डेले सीआइएनलाई जानकारी दिनुभयो । हिजो मात्रै प्रधानमन्त्रीले ट्विटर मार्फत लोडसेडिङ कटौती गर्न भारतबाट विद्युत ल्याउने तयारी भइरहेको बताउनुभएको थियो । 
  

Related

राष्ट्रिय 1029892277213258297

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item