प्रचण्डको धम्कीबाट नडराउने काङ्ग्रेस सभापति कोइरालाको भनाइ


  चितवन,माघ ८ ।
नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको धम्की सामु आफूहरु नडराउने बताउनुभएको छ । प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रति संकेत गर्दै कोइरालाले माओवादीले शान्ति सम्झौता च्यातेर जाँदैमा कुनै असर नगर्ने दाबी समेत गर्नुभयो । 

प्रेस युनियन चितवनले आज भरतपुरमा गरेको पत्रकार सम्मेलनमा सभापति कोइरालाले लोकतन्त्रको लागि आफुहरु कसैसँग सम्झौता नगर्ने वताउनु भयो । आधिकारीक रुपमा प्रस्ताव नआए पनि सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री बन्ने चाहाना प्रचण्डले ब्यक्तत गर्दा आफू अचम्मित भएको कोइरालाले बताउनुभयो ।

Related

राष्ट्रिय 6747252864338508101

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item