कपिलाकोटका युवाहरु समाज सुधार अभियानमा


नविनबाबु अधिकारी, 
  सिन्धुली,माघ ८ ।
सिन्धुलीको कपिलाकोट गाउँ विकास समितिका युवाहरु समाजमा भित्रिएको विकृति न्यूनिकरण गर्न तर्फ अग्रसर भएका छन् । मिरमिरे युवा क्लव र भगवती समाज कपिलाकोटको एक भेलाले आज देखि समाजमा जाँड, रक्सि सेवन गरेर होहल्ला गर्ने, चोरी गर्ने तथा खुल्ला रुपमा जाँड रक्सि वेचविखन गर्नेलाई कारवाही गर्ने भएको हो । 

मिरमिरे युवा क्लवका अध्यक्ष हितबहादुर श्रेष्ठले नियम विपरीत काम गरेमा पहिलो पटक माफी दिने र फेरि दोहोरिएमा कालामोसो दली गाँउ निकाला गर्ने निर्णय भएको जानकारी दिनुभयो । गाउँलेहरुको पनि सहयोग रहेको र समाजमा भित्रिएको विसंगतिलाई हटाएर नेपालकै नम्ुना गाउँ घोषण गर्ने लक्ष्य रहेको श्रेष्ठको भनाई रहेको छ ।

Related

प्रमूखखबरहरु 2661183533513948091

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item