महोत्तरीमा लुटेराहरु सार्वजनिक


  महोत्तरी,माघ ८ ।
दुई हप्ताअघि महोत्तरीको बदिया वनचौरीमा एक व्यबसायीलाई गोली प्रहार गरी २० लाख रुपैयाँ लुट्ने लुटेरा समूहका २ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले आज पत्रकार सम्मेलन गरी लुटेराहरुलाई सार्बजनिक गरेको हो । पक्राउ पर्नेमा महोत्तरीको मेघनाथ गोरन्हा ९ का ३२ बर्षिय किशोरकुमार सिंह र महोत्तरीकै धमौरा ४ बस्ने २० बर्षका नविनकुमार झा रहेका छन् । उनीहरुको साथबाट ३ वटा मोटरसाईकल र डेढ लाख रुपैयाँ नगद पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरिक्षक सुरज खड्काले जानकारी दिनुभयो । 

३ जना भारतीय सहित ९ जना लुटेराहरुको घटनमा सहभागिता रहेको प्रहरीले जनाएको छ । गएको पुस २५ गते दिउँसो जनकपुरमा रहेको मनी ट्रासफर आइएमइबाट ग्राहकको  रुपैयाँ लिएर महोत्तरीको सरपल्लो तर्फ आउँदै गर्दा आइएमइ संचालक राजदेव चौधरीलाई गोली प्रहार गरी उनीहरुले नगद २० लाख रुपैयाँ र मोटरसाईकल लुटेका थिए । यसैबीच प्रहरीले  आज महोत्तरीको गैडा भेटपुरबाट अबैध सामान सहित एउटा टाटा सुमो गाडी नियन्त्रणमा लिएको छ । भारतबाट भन्सार छली ल्याएको ५० हजार रुपैयाँ मुल्य बराबरको मोटर पाट्र्ससहित ना २ च १३६२ नम्वरको टाटा सुमो नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Related

विविध 5071653723686234890

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item