सिन्धुलीका हाइटेन्सन पिडितहरुको रिट निवेदन माथि सर्वोच्चको दुइ आदेश

http://sindhulidarpan.blogspot.com/2013/01/sindhuli_21.html
काजिमान थिङ्, तामाङ/धु्रवचन्द्र खड्का
सिन्धुली,माघ ८ ।
खिम्ती–ढल्केवर २ सय २० केभी विद्युत प्रसारण लाईन पिडितहरूले दिएको रिट निवेदन माथि सर्वोच्च अदालतले दुइ वटा आदेश जारी गरेको छ । जारी आदेशमा विपक्षीहरूले १५ दिन भित्र कारण देखाउ र ७ दिन भित्र अन्तरिम आदेश जारी गर्नु पर्ने वा नपर्ने विषयमा छलफल गर्न अदालतमा उपस्थित हुन भनिएको छ । आदेशमा प्रधानमन्त्री, उर्जा मन्त्रालय, विद्युत प्राधिकारण्, प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी, जनपथ प्रहरी, रतनचुरा, भद्रकाली तथा रानीचूरी गाविसका सचिव र कमलामाई नगर पालिका लगायतलाई विपक्षीको नाममा कारण देखाउ आदेश जारी भएको हो ।

पिडितहरूको निवेदनमाथि सर्वोच्च अदालतका न्यायधिस प्रकाश वस्तीको एकल इजलासले विहिवार उक्त आदेश जारी गरेको निवेदक तर्फका कानुन व्यवसायी अधिबक्ता भिम राईले जानकारी दिनुभयो । २ सय २० केभी विद्युत प्रसारण लाईनबाट पिडित १ सय ३ जना निवेदकहरूका तर्फबाट नेपालका आदिवासीहरूको मानवअधिकार सम्बन्धी वकिल समुह (लाहुर्निप) का अधिवक्ता भिम राई, दिनेश घले, रामहरी श्रेष्ठ र राष्ट्रिय अन्तराष्ट्रिय कानुनका ज्ञाता अधिवक्ता शंकर लिम्बुले बहस गर्नुभएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !