प्राकृतिक प्रकोपका कारण बर्षेनि एक हजारभन्दा बढीको मृत्यु

http://sindhulidarpan.blogspot.com/2013/01/destroi.html
काठमाण्डौ , पुष १७
प्राकृतिक प्रकोपका कारण नेपालमा बर्सेनि एक हजारभन्दा बढी नागरिकले अकालमा मृत्युवरण गर्नु परेको एक तथ्याकले देखाएको छ । प्राकृतिक प्रकोपबाट बर्षेनि एक अर्ब २० करोड बराबरको धनसम्पत्ति क्षति हुने गरेको तथ्याङ्कमा उल्लेख छ । प्रकोप मध्ये पनि बाढीपहिरोका कारण सबैभन्दा धेरै ३ सय जनाले बर्षेनी ज्यान गुमाउने गरेका छन् । मर्सिकोर नामक गैरसरकारी संस्थाले गरेको अध्ययन अनुसार, पूर्वसूचना प्रणालीमा एक युरो लगानी गरेमा प्रकोपबाट हुन सक्ने ३.५ युरोसम्मको क्षति न्यूनीकरण गर्न सकिन्छ ।
संस्थाले सार्बजनिक गरेको अध्ययन प्रतिवेदनमा गएको ३७ वर्षयता नेपालमा प्राकृतिक प्रकोपका कारण २६ हजार ६ सय ५६ जनाभन्दा बढीको ज्यान गुमाएका छन् । प्राकृतिक प्रकोपबाट ४७ लाख नागरिक प्रत्यक्ष प्रभावित भएको र आठ लाख ४१ हजार हेक्टर जमिन नष्ट भएको प्रतिबेदनमा उल्लेख छ । नेपालमा बाँके, बर्दिया, कैलाली, रुपन्देही, नवलपरासी, चितवन, सर्लाही, सप्तरी र सुनसरी जिल्ला प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !