युनियनको आपत्ती

http://sindhulidarpan.blogspot.com/2013/01/press.html
काठमाडौं, पुष, १७
रेडियो नेपालबाट प्रसारण भएको एक कार्यक्रमका बिषयलाई लिएर प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कार्यक्रम प्रस्तोता र संस्थाका कार्यकारी निर्देशक संग स्पष्टीकरण लिन लगाएको प्रति प्रेस युनियनले आपत्ती जनाएको छ ।
युनियनद्वारा जारी बिज्ञप्तीमा प्रसारण भएको अन्तरसंवाद कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मनमोहन भट्टराईको अभिव्यक्तीको बिषयलाई लिएर प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पत्रकार प्रमोद दाहाल र रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कार्कीसंग स्पष्टीकरण लिएको प्रति गम्भीर ध्यान आक्रर्षण भएको बताईएको छ ।
युनियनका महासचिव शिव लम्सालद्वारा जारी बिज्ञप्तीमा कुनै संचारमाध्यमबाट प्रकाशन तथा प्रसारण भएको बिचारले कसैलाई आघात परे त्यसको प्रतिवाद र खण्डन गर्ने बैधानिक बाटो हुँदा हुदै पत्रकारहरुलाई नै हतोत्साहित पार्ने र सञ्चारमाध्यम माथि नै अंकुश लगाउन खोज्न कार्य गरेको प्रति आपत्ती जनाईएको छ । यस्ता कार्य तत्काल रोक्न पनि बिज्ञप्ती मार्फत आग्रह गरिएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !