तेह्र भन्दा बढि तालिवानी लडाकु पक्राउ

http://sindhulidarpan.blogspot.com/2013/01/talibani.html
एजेन्सी , १७ पुस
अफगानिस्तानमा तालिवानी विरुद्ध गरिएको कारबाहीका क्रममा आज १३ भन्दा बढी तालिवानी लडाकू पक्राउ परेका छन् ।
अफगानिस्तानको राष्ट्रिय सेना र नेटोसँग आबद्ध सेनाले आज बिहानसम्म गरेको कारबाहीका क्रममा तालिवानी सशस्त्र लडाकू पक्राउ परेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
अफगान राष्ट्रिय प्रहरी, सैनिक र नेटोसँग आवद्ध सैनिकले अफगानिस्तानको राजधानी काबुलदेखि १५० किलोमिटर टाढा खोस्त प्रान्तमा जारी राखेको कारबाहीमा लडाकूहरु पक्राउ परेको बताइएको छ ।
कारबीका क्रममा केही हतियार पनि पक्राउ परेको बताईएको छ । अफगानिस्तानमा अफगान र नेटोसँग आवद्ध सेनाले तालिवानी लडाकूविरुद्ध विभिन्न स्थानमा कारबाही जारी राखेका छन् । कारबाहीका क्रममा दिनहुँ त्यहाँका नागरिक समेत हताहति हुने गरेका छन् । अफगानिस्तानबाट नेटो सैनिक फिर्ता हुने समय नजिकिंँदै गर्दा तालिवानीविरुद्धको कारबाहीलाई थप तीव्र पारिएको जनाइएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !