सदरमुकाममा निःशुल्क इन्टरनेट


  नुवाकोट,माघ १२ । 
सुचना तथा सञ्चारको लागि इमेल इन्टरनेटको प्रयोग आम नागरिकमा अनिवार्य भैरहेको अहिलेको समयमा नुवाकोट जिल्लामा भने एक संस्थाले निशूल्क इन्टरनेट सेवा सुरु गरेको छ । संविद्यान सूचना केन्द्र नुवाकोटले विदुरमा निशुल्क वाईफाई इन्टरनेट सेवा सुरु गरेको हो । 

राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा सूचना प्रवाह गर्ने उद्धेश्यले सर्वसाधारणहरुको लागि लक्षित गरेर वाई फाई सेवा प्रदान गरिएको संविद्यान सूचना केन्द्र नुवाकोटका जनसंपर्क अधिकृत तथा अधिवक्ता रघुनाथ खरालले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार इन्टरनेट सेवा लिन विदुर नगरपालिका कार्यालय अगाडी रहेको सूचना केन्द्रको कार्यालयमा कार्यालय समयमा जो केही व्यक्तिले सेवा लिन सक्नेछन् । वाईफाई सुविधा कार्यालयको एक सय मिटर वरपरसम्म पनि चलाउन सकिनेछ ।

Related

प्रविधि 8884507707841475333

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item