मेरो नक्कलमा खड्काजी



-मुरारी पोख्रेल, चलचित्र निर्माता

२०२४ सालमा सुनसरीको चतरामा जन्मिएको हुँ । प्रारम्भिक शिक्षा अनौपचारिक रूपमा घरमै भयो । बुबाले पढाउनुहुन्थ्यो । दश वर्षको उमेरमा औपचारिक पढाइ सुरु भयो । एकैचोटि ४ कक्षामा भर्ना भएँ । सप्तरीको सर्वोदय माविमा । पहिलो दिन स्कुल जाँदा कस्तोकस्तो लाग्यो, सरहरूका अगाडि नर्भस भएँ । सर्ट र हाफपाइन्ट लगाएको थिएँ, त्यही युनिफर्म थियो ।
पढ्दै जाँदा म स्कुलको जेहेनदार विद्यार्थीमध्ये परेँ, अंग्रेजी र गणितमा राम्रो गर्थें । ढाँट्ने वा शिक्षकलाई छल्ने बानी थिएन । गृहकार्य नगरेका कारणले शिक्षकको पिटाइ खानु सामान्य थियो अरू साथीलाई । तर, मचाहिँ त्यसबाट प्राय: बचेकै हुन्थेँ । कहिलेकाहीँ घन्टी लागिसकेपछि ढिला स्कुल पुग्दा भने पिटाइ भेटिहाल्थेँ । लट्ठीले पिट्थे उति बेला । उहिलेका शिक्षक साह्रै कडा । अहिलेजस्तो विद्यार्थी पिट्नु हुन्न भन्ने अधिकारका कुरा थिएनन् । गल्ती गर्नासाथ रामधुलाई † राम्रो विद्यार्थी भएका नाताले मेरो हकमा भने केही छुट जस्तै थियो । पिटे पनि अलि विस्तारै पिट्थे, असर नपर्ने गरी ।
घरमा पसल थियो हाम्रो । खाजा वा अन्य खर्चका लागि घरमा उस्तो दबाव दिनुपरेन । बुबा मेरो भावना बुझेर आवश्यक खर्च दिइरहनुहुन्थ्यो । त्यसैले साथीहरूका बीच मेरो बेग्लै सान हुन्थ्यो । आफूसरहका साथीको ग्रुप बनाएर हिँड्थेँ । अघिपछि दुई–चार जना साथी सधैँ हुन्थे । मसँग प्राय: साथीहरू डराउँथे, हेप्ने आँट गर्दैनथे ।
तेह्र–चौध वर्षको थिएँ, एक दिन साथीहरूको लहलहैमा लागेर चुरोट तान्यौँ । पहिलोपटक खाएको, कसैले देख्लान् भनेर ठूलो डर थियो । लुकेर चुरोट सल्काउनतिर मात्र ध्यान गयो, सलाइको काँटी सुरक्षित किसिमले फाल्नुपर्छ भन्ने होसै भएन । त्यहीँको पतकरमा फालेछौँ । बल्दै गएर नजिकको परालको कुन्युमा टिपेछ । सल्किन थालिहाल्यो । अलि पर एउटा छाप्रो थियो, त्यो पनि ह्वारह्वारी बल्न थाल्यो । हामी चार जना थियौँ । आत्तिएर त्यहाँबाट टाप ठोक्यौँ । बुबा छोराको गल्तीलाई कहिल्यै ढाकछोप गर्नुहुन्नथ्यो । थाहा पाउनासाथ खोजेर कारबाही गरिहाल्ने । त्यो दिन पनि मलाई पनि खोजेर सबैका सामु माफी माग्न लगाउनुभयो । सबैका अगाडि बुबाको हातको झाप्पू पनि भेटेँ । आगोले एउटा छिमेकी भाइलाई पोल्यो । मेरो गल्तीबापत बुबाले त्यति बेला पन्ध्र हजार रुपियाँ क्षतिपूर्ति तिर्नुभएको थियो । हुन त हामी हुनेखाने परिवारमै पथ्र्यौं ।
उति बेलाको त्यो घटनाले अहिलेसम्म मेरो मन छोइरहेको छ । वास्तवमा चुरोटले स्वास्थ्यलाई हानि गर्ने मात्र होइन, धनजनको अरू पनि थुप्रै क्षति गराउँछ भन्ने बुझेँ । त्यही प्रेरणाले अहिले म ‘नो स्मोकिङ’ नामक चलचित्र बनाउने तयारीमा छु । केही दिनमै सुटिङ सुरु हुन्छ । सानो छँदा गरेको गल्ती यो चलचित्रमा देखाउन चाहन्छु । चुरोटबाट हुने हानिविरुद्ध सन्देश फैलाउँछु ।
कपडा लगाउने सबालमा पनि म सानैदेखि सोखिन । पारिवारिक आर्थिक अवस्था राम्रै भएकाले चाहेको कुरा सहजै पाउँथेँ । खेलसामग्री भने अहिलेजस्तो धेरै र जता पनि छ्यासछ्यास्ती पाइँदैनथ्यो । कपडाको फुटबल बनाएर खेल्थ्यौँ । साथीहरू जम्मा पारेर कहिलकाहीँ कपर्दी पनि भिड्थ्यौँ । घरवरिपरि धेरै खोला थियो । साथीहरूसँग मिलेर सानैदेखि पौडी खेल्न गइरहन्थेँ । वर्षामा खोलामा बाढी आउँथ्यो, दाउरा पनि बगाएर ल्याउँथ्यो । त्यो दाउरा हामी जम्मा गथ्र्यौं । एक दिन एकादशीको व्रत थियो, सानैदेखि व्रत बस्थेँ । त्यस दिन पनि म खोलामा दाउरा निकाल्न गएँ । तर, मुडाले मलाई तल पारेर थिच्न थाल्यो । बाढीको भेलले रन्थन्याएर भुमरीभित्र डुबायो । साथीहरू डराएछन्, अब बाँच्दैन भनेर । डुबे पनि म बेहोस भने भइसकेको थिइनँ । जय एकादशी माता भनेर चिच्याएँ । त्यसको करिब डेढ मिनेटमा मलाई पानीले बाहिर निकालिदियो । अहिले पनि लाग्छ, उनै एकादशीमाताले हात थामेकोले म बाँचेँ ।
-मुरारी पोख्रेल, चलचित्र निर्माता

कलाक्षेत्रतिर मलाई उहिल्यैदेखि रुचि थियो । अहिले नेपाल टेलिभिजनबाट प्रसारण हुने मेरिबास्सैमा एउटा क्यारेक्टर आउँछ, ‘खड्काजी ।’ त्यो क्यारेक्टर मेरो स्टाइल नक्कल गरेर बनाइएको हो । मेरो बोली र अनुहारको ढाँचा त्यसमा कपी गरिएको हो । सीताराम कट्टेलले त्यसमा अभिनय गर्छन् । केही समयपहिले उहाँहरूले मलाई भेट्न खोज्नुभएको थियो रे † खबर पाएको थिएँ । जे होस उहाँहरूले मेरो क्यारिकेचर गर्नुभएको छ, खुसी नै लाग्छ ।
साभार:सौर्य दैनिक

Related

मनोरञ्जन 6815622517268735175

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item