साँझसम्म लोडसेडिङ नघटाईए सबै सञ्चारमाध्यम बन्द गर्ने चेतावनी


काठमान्डौ, २४ पुस 
सञ्चार माध्यमहरुका लागि आज साँझसम्ममा लोडसेडिङ् तालिका सार्वजनिक नगरिए भोलिबाट सुर्खेतका सम्पूर्ण सञ्चार माध्यम बन्द हुने भएका छन् । 
पत्रकार महासंघ सुर्खेतको अगुवाईमा सुर्खेतमा सञ्चालित संचार संस्थाहरुले बिद्युत प्राधिकरणलाई ज्ञापन पत्र बुझाउँदै यस्तो चेतावनी दिएका हुन् । अनियमित लोडसेडिङले संचार संस्थाहरु मारमा परेको भन्दै नेपालपत्रकार महासङ्घको अगुवाइमा सुर्खेतका पत्रकारहरु आन्दोलित भएका छन् । हाल सुर्खेतमा नौवटा दैनिक पत्रिकासहित चार वटा रेडियो स्टेशन सञ्चालनमा छन् । दैनिक १२ घन्टाभन्दा बढी विद्युत् कटौतीले सञ्चार गृह सञ्चालन गर्न कठिन भएपछि सरकारलाई दबाब दिन सञ्चार माध्यम बन्द गर्न लागिएको पत्रकार महासङ्घ सुर्खेतका अध्यक्ष दुर्गा थापाले बताउनुभयो ।अघोषित रुपमा प्युठानमा गरिएको लोडसेडिङको विरोधमा स्थानियले बुटवल पावर कम्पनीमा आगजनि गरेपछि त्यहाँको भौतिक संरचना जलेर नष्ट भएको छ । आगलागिबाट १ करोड बढिको क्षति भएको प्रारम्भीक अनुमान छ । घटनाबारे आज प्रमुख जिल्ला अधिकारी सहितको टोलीले अनुगमन गर्ने भएको छ ।झिम्रुकबाट निकालिएको विद्युत प्युठान र रोल्पामा आपुर्ति गर्दै आएको कम्पनीमा आगजनि भएपछि प्यूठानमा अहिले बत्ति छैन । प्युठानमा लोडसेडिङ गरेर त्यहाँको विद्युत अर्घाखाँची लगेपछि रोल्पा र प्यूठानबासी अहिले आन्दोलनमा छन् । उनीहरुले लोडसेडिङ अन्त्य नहुदा सम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

Related

विविध 451840094018829111

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item