शौचालय नहुनेलाई एमालेले पार्टी सदस्यता नदिने


जाजरकोट,पुस २४ ।
नेकपा एमाले जाजरकोटले घरमा शौचालय नहुने व्यक्तिहरुलाई पार्टी सदस्यता नदिने भएको छ । जिल्लालाई सन् २०१५ सम्ममा खुला दिसामुक्त जिल्ला घोषणा गर्ने अभियानलाई सघाउन यस्तो निर्णय गरिएको पार्टी अध्यक्ष डम्बरबहादुर सिंहले जानकारी दिनुभयो । यस्तै पार्टीका संगठित सदस्यहरुले अबको एक वर्षभित्र घरमा अनिवार्य शौचालय बनाईसक्नुपर्ने एमालेको निर्देशन छ ।  त्यसो नगरेमा सदस्यता खारेज गरिनेछ । जिल्लालाई खुलादिसामुक्त घोषणा गर्ने अभियान अनुरुप अहिले जिल्लाका विभिन्न गाविस तथा वडाहरु खुला दिसामुक्त घोषणा भईरहेका छन् । 

अहिलेसम्म जाजरकोटका डाँडाँगाउँ  र रामीडाँडाँ गाविस खुल्ला दिसापिसाबमुक्त गाविस भइसकेका छन् भने खलंगा, पुन्मालगायतका गाविसहरुलाई आगामी चैत मसान्तभित्र खुला दिसापिसाबमुक्त गाविस घोषणा गर्ने लक्ष्य लिइएको छ । विभिन्न सार्वजनिक कार्यक्रमहरुमा जिल्लास्थित दलहरुले खुलादिसामुक्त अभियानमा सघाउने प्रतिवद्धता जनाएपनि आधिकारिक धारणा सार्वजनिक गर्ने एमाले नै पहिलो पार्टी बनेको छ । केही दिनअघि सम्पन्न पार्टीको पा“चौ सचिवालय बैठककले यसलाई आधिकारिक मुद्दा बनाएको पार्टी अध्यक्ष सिंहले जानकारी दिनुभयो । फोहोर वातावरण र दुषित पानीका कारण झाडापखाला लागेर जाजरकोटमा २०६६ सालमा झण्डै तीन सय मानिसहरुको ज्यान गएको थियो ।।

Related

राष्ट्रिय 6406896870981587655

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item