महिला हिंसाविरुद्धको आन्दोलन जारी


काठमाण्डौ,पुस २४ ।
महिला हिंसाविरुद्ध महिला अधिकारकर्मीहरुले देशव्यापी आन्दोलन जारी राखेका छन् । आज पनि प्रधानमन्त्री निवास बालुवाटारमा महिला अधिकारकर्मीहरुले धर्ना जारी राख्ने भएका छन् । बिहान ९ बजेदेखि ११ बजेसम्म अकुपाई बालुवाटार अन्तर्गतको धर्ना जारी रहने अधिकारकर्मीहरुले बताएका छन् । 
महिला आन्दोलनमा पुरुषको सहभागिता पनि बढ्दै गएको छ । यसैबीच नेपाली काङ्ग्रेस नजिकको नेपाल महिला सङ्घले आज महिला हिंसाविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्ने सङ्घले जनाएको छ । आज देशव्यापी रूपमा साङ्केतिक रूपमा कोणसभा गरिनेछ ।

Related

राष्ट्रिय 5032562649981414778

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item