मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

http://sindhulidarpan.blogspot.com/2013/01/accident_8.html
दाङ,पुस २४ ।
दाङमा हिजो बेलुकी भएको मोटरसाइकल दुर्घटनामा एकजनाको ज्यान गएको छ । तुलसीपुर नगरपालिका १ गोठीखोलाबाट तुलसीपुर बजारतर्फ आउँदै गरेको रा १ प ६७६० नम्बरको मोटरसाईकल तुलसीपुरको शिवनगरमा साँझ करिब साढे ७ बजे दुर्घटना हँुदा मोटरसाईकल चालक हेकुली ९ निवासी ३२ वर्Èका सीताराम चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
मोटरसाइकल अत्याधिक तीब्र गतिमा रहेको र चालकले मादक पदार्थ सेवन गरेको हुन सक्ने प्रहरीको अनुमान छ । मृतक चौधरी पश्चिमाञ्चल फाइनाइन्स कम्पनी लिमिटेड तुलसीपुर शाखाको कर्मचारी हुनुहुन्थ्यो । मृतकको शवलाई आज पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइने इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !