नेपाल बार एसोसिएशनको अध्यक्षमा हरिकृष्ण कार्कीको विजयी

http://sindhulidarpan.blogspot.com/2013/01/law.html
काठमाण्डौ,माघ ४ ।
कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएशनको अध्यक्षमा हरिकृष्ण कार्की निर्वाचित हुनुभएको छ । एमाले माओवादी निकट प्रगतिशील गठबन्धनका कार्कीले प्रजातान्त्रिक समूहमा शेरबहादुर केसीलाई पराजित गर्दै कार्की विजयी हुनुभएको हो । चार उपाध्यक्ष प्रगतिशील गठबन्धनबाट विजयी भएका छन् ।
उपाध्यक्षमा विजयी हुनेहरूमा मध्यमाञ्चलमा टीकाराम भट्टराई, पश्चिमाञ्चलमा अनिता गुरूङ, मध्यपश्चिमाञ्चलमापद्मप्रसाद वैदिक र सुदूरपश्चिमाञ्चलमा राजेन्द्रप्रसाद साउद हुनुहुन्छ । तर महासचिवमा पदमा भने प्रगतिशील गठबन्धनका उम्मेद्वार दीनबन्धु पोखरेललाई हराउँदै लोकतान्त्रिक समूहका सुनिल पोखरेलले जित्नुभएको छ । प्रगतिशील समूहबाट सदस्य पदमा चार जना विजयी भएका छन् । पूर्वाञ्चल उपाध्यक्षमा लोकतान्त्रिक समूहका जनक पाण्डे विजयी हुनुभएको छ । तीन वर्षे नयाँ नेतृत्वका लागि गएको पुस २८ गते देशभरका ३३ मतदान केन्द्रमा चुनाव भएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !