मलाई माफ गर सन्ध्या


–भोला थापा क्षेत्री
मनमा उतार चढाव बढिरहेको छ दोहामा मौसम परिवर्तन भएर निकै जाडो भएको महसुस गरिरहेको छु । हाम्रो मायापिरती बसेको पनि झन्डै दोस्रो वर्षमा प्रवेश गर्न लाग्यो खै किन किन मन अतालिन्छ ? मनलाई समाल्न सक्दिँन अनि तिमीलाई सम्झन्छु । चाहदा–चाहँदै छाड्नुपर्ने बाध्यता आएको महसुस भइरहन्छ ।
अनि एकोहोरो टोलाउन पुगिरहेको हुन्छु । दिनरात तिम्रो कल्पनाले गर्दा मलाई न निन्द्रा छ न त भोकप्यास अनि तिम्रो र मेरो मायाको संसारमा दुनियाँलाई रिस भएको देख्दा मनमा कत्ति शान्त छैन । सधैँ खुल्दुल मात्र हुन्छ अनि यो मनले सोच्यो सन्ध्या अब त अति भयो समयले पनि साथ दिएन अनि यो पत्र तिमीलाई लेख्न बाध्य भएको छु । स्वीकार गर्छेऊ भन्ने आशा राखेको छु ।
हुन त सन्ध्या तिमीलाई मैले यो दुई वर्षको अवधिसम्म लगाएको मायामा निष्ठावान् भएर कहिल्यै साथ पनि दिएको छैन । र पिरतिको पूर्वाद्धमा जब माया बसेको समय १५÷१५ दिनमा तिमीले मलाई भेट्न आउने कसम खुवाएकी थियौ त्यो वाचा पनि यो परदेशामा सफल नहुँदा भनु या हाम्रो माया छुट्नलाई नै होला भन्छु समय र साहुको दिनभरिको मेलाले तिमीलाई कुनै दिन आउन पाइनँ किन कि तिम्रो दुःखका हर क्षणमा भेट्न पाइन अनि बारम्वार तिमीले मलाई फोन गर्छेऊ, ‘काले तिमी किन मलाई भेट्न आउदैनौ म अति पीडित छु ।’
घरमा बाले मलाई विवाहका लागि कतिजाना ल्याइसके कोही त मेरै हुने भनेर हरदिन मेरा तस्वीर खिच्दै मेरो सन्ध्या भन्दै फेसबुकका भित्तामा तिमीलाई नानाथरी भन्दै दुनियाँलाई पढ्न मिल्ने बनाउँछन् तिमी किन निष्ठुरी भएको भन्छेउ, अस्ति पनि भन्यौँ, तर सन्ध्या हेर म आउने थिए ।

तिमीलाई नै साथ दिने थिए । तर, म गरिबको छोरो भएर होला तिम्रा पुर्खाले मलाई तिमीसँग बाँच्न दिएनन् के गर्नु जीवन यस्तै रहेछ सोचेकोजस्तो हुँदो रहेनछ अनि मेरो के लाग्छ अनि म एउटा सोझो परे न तिमीलाई मैले सम्झाउन नै सक्छु धेरै बुद्धिजीवी तिम्रा जेठाबाले हाम्रो प्रेम थाहा पाउँदा पनि अर्कै मान्छेलाई तिम्रो हेर–विचारका लागि राखे रे । अनि म कसरी आऊँ, ती तिम्रा बडीगार्डहरूले म आउने बाटो थुनेका छन् ।

हर ठाउँमा काँडैकाँडले बारेर कुनै खुला बाटो नछाडी घेरिरहेका छन् । अब भन त सन्ध्या म कसरी तिमीलाई साथ दिऊँ । अनि तिम्रो साथमा जीवनभर कसरी यो खाडीमा बाँचिराखुँ मलाई कत्ति मन छैन । हो मैले तिमीलाई धोका दिएको छु ।
हरेक कुरामा धोका दिएकै हो । मैले तिम्रो नामबाट यो दोहामा आँखा खोल्ने मौका पनि पाएकै हो । त्यो समय तिमीले मलाई बाटो देखाएकी नै थियौ । सन्ध्या मलाई यति धेरै सहयोग गरी पापको भारि नबिसाऊँ किन कि मैले तिमीलाई र मेरो मनले तिमीलाई नचाहेको होइन तिम्रा बाले र तिम्रा भाइ भतिजाहरूले नचाहेपछि तिमीलाई नै साथदिएर म कसरी बाँच्न सक्छु भन त प्लिज मलाई अबदेखि भुलीदेऊ । अनि भन मलाई १५ दिनको तारिख लगाएको वाचा पनि फर्काईदेउ साँचो तिमीले माया लगाएकी नै छौँ भने, म अवश्य पनि तिम्रो कोमल पाउमा डुल्दै कुनै दुःखमा तिमीलाई साथ दिने नै छु ।
तर, तिम्रो परिवारको साथमा बसी मलाई तिमीलाई साथ दिन सक्दिँन तिम्री बहिनी मुग्लानीले पनि अस्ति १७ महिनामा पाइला टेकेकी रहिछिन् । अनि तिम्रा बाले त्यहा शुभकामना भोज राखेका रहेछन् म पनि टुप्लुक त्योवेला तिम्रो घर गएको थिए ।
तिम्रो बहिनीको १७ महिना भएको खुसीले मलाई मेरो मनमा कति खुसी तुल्यायो अनि मन मनै दुःखी पनि तुल्यायो किनकि मैले तिमीलाई अन्तिमपत्र बिछोडको लेख्दै छु भनेर मेरो मुटु धेरै कमलो भएर होला । सन्ध्या मैले धेरैबेर बस्न सकिनँ किनकी मलाई त्यहाँ बस्न कत्ति सुहाएन अनि म तिम्रो सुन्दर कोठामा तिमीले लगाएका तस्वीरलाई एक छिन हेरी विगतका यादमा हराएको पनि थिए ।

हेर्दै सोच्दै गर्दा म पापी रहेछु जुन तिमीलाई राम्रो ध्यान पनि राख्न सकिनँ अनि म कसरी बसुँ । तिम्रो बहिनीको १७ महिनाको शुभकामनामा अनि म फर्किन बाध्य भए अब मलाई भुलीदेऊ सन्ध्या तिमीलाई खुसी मिल्नेछ अनि मलाई केही धर्म गर्ने मौका पनि देऊ तिमीलाई सधै नराम्रा कार्यहरूले बाधा पु¥याइरहेको थिए । विभिन्न काल र समयमा आँखाभित्र मनमा सजाएको तिमीलाई हरेक पलपलमा पनि सम्झिरहनेछु । मात्र हाम्रो भौतिक शरीर दूर हुने हो । मेरा आत्मीय मनोदशाहरू तिमीसँगै नभए पनि भावनामा साटौँला, कति दुनियाँको नजरमा दोषी मात्र भएर जिउने तिमीलाई भने जस्तो ख्वाउन, दिन, लाउन नसकेपछि र तिम्राबारेमा धेरै मभन्दा माया गर्नेहरू भएपछि सायद मेरो उपस्थिति पनि शून्य लाग्न थालेको छ त्यसैले यो भावशून्यपलमा एउटै भाव, सोच आइरहेछ मलाई माफ गर, भुल्ने कोसिस गर । तिमीलाई थाहै छ समय सापेक्ष हुन्छ । त्यसको मागलाई हामीले स्विकार्नुपर्छ र सोही मुताविक चल्न सिक्नु पनि पर्दो रहेछ । मायामा व्यापारको गन्ध आउनु हुँदैन भन्थ्यौँ । तर, आज भन्न विवश छु । सन्ध्या तिमीले मसँग बिताएका पलहरूमा कतिको घाटा र नाफाको हिसाब राखेकिछौँ । यदि घाटामा छौ, भने कुनै दिन भन आफन्तहरूसँग सोधेर म त्यो बेहोर्न तयार छु र तिमीलाई दुःखमा रहेको म हेर्न चाहन्नँ र त म मुग्लानीका साथ छाड्ने निर्णय सुनाउन लाग्दै छु ।
अब म तिम्रो परिवारको साथमा होइन बाहिर एउटा बटुवाजस्तै भएर पनि तिम्रो न्यानो माया सधै मुटुभरि साच्दै तिम्रो दुःखमा साथ दिईरहुँला भन्दै कलम बन्द गर्दछु । तिम्रो उही ।
वसन्तपुर–३ तनहु“ हाल :दोहा कतार /नेपालबाणीँ नेटवर्क

Related

विचाररसाहित्य 5097056294792041627

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item