रेडियो सिन्धुलीगढी,आजबाट छैठौं वर्षमा प्रवेश


रमा कार्की, सिन्धुली,पुस २४ ।
जिल्लाको पहिलो सामुदायिक रेडियो सिन्धुलीगढी,सिन्धुली आज देखि छैठौँ वर्षमा प्रवेश गरेको छ । मानव विकास तथा वातावरण संरक्षण केन्द्र हुडेक सिन्धुलीद्धारा सन्चालित आवाज विहिनहरुको आवाज रेडियो सिन्धुलीगढीले आफ्नो पाँचौ बार्षिक उत्सवको अवसरमा   आज विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएकोछ  । 

 यस अवसरमा रेडियोले सिन्धुली जिल्ला अस्पताल तथा सिन्धुली जनरल अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण गर्ने र कनपा ४ मधुटारमा रहेको शैलशिखर अनाथालयका वालवालिकाहरुलाई पढ्नका लागि आवस्यक स्टेसनरी सामान वितरण गर्ने   रेडियोका स्टेशन म्यानेजनर द्धारिका काफ्लेले बताउनु भयो  ।

 रेडियोले हाल सम्म समाचार, शिक्षा, स्वास्थ्य, कृषि, महिला, बालबालिका, वातावरण, मनोरन्जन, सुशासन लगायत समूदायका प्रत्यक्ष सरोकारका विभिन्न मुद्धाहरुलाई निरन्तर रुपमा उठान गर्दै आवज विहिनहरुको आवाजका रुपमा आफुलाई विकास गर्दै आएको छ । 
२०६४ साल पौष ९ गतेबाट परिक्षण प्रसारण आरम्भ गरे पनि तत्कालिन सभामुख सुवाशचन्द्र नेमवाङ्गद्धारा पौष २४ गते विधिवत उद्घाटन गरिएकाले सोही दिनलाई नै रेडियोले आफ्नो वार्षिकोत्सवको रुपमा मनाउँदै आएको छ । 

Related

स्थानिय 2481554458209105635

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item