श्रीमतीको शंकास्पद मृत्युपछि फरार अभियुक्त समातिए

http://sindhulidarpan.blogspot.com/2013/01/murder.html
रुपवहादुर विश्वकर्मा, हरिवन,पुस १७ ।
श्रीमती ममतादेवी महतोको शंकास्पद मृत्यु पछि फरार भएका सर्लाहीका एक श्रीमान किसुनदेव महतोलाई गएराती प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको पत्थरकोटका २७ वर्षिय किसुनदेव महतोलाई प्रहरी सहायक निरीक्षक मनोज चौधरीको टोलीले गाउँमै लुकेर बसेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

तीन दिन पहिले पत्थरकोट गाविस वडा नम्वर ७ हिरापुरस्थित आफ्नै घरमा १७ वर्षिय ममतालाई मृत अवश्थामा भेटिएको थियो । प्रहरीले किसुनदेवले नै विष खान बाध्य पारेको प्रहरीले आशंका गरेको छ । गत वर्ष मात्र किसुनदेवकी जेठी श्रीमतीले आफ्ना दुई वच्चासहित आत्महत्या गरेकी थिइन् । शंकास्पद मानिएको त्यो घटनालाई पनि ती महिलाको माइती पक्षले हत्या गरेको बताउँदै आएका छन् । जेठी श्रीमतीको मृत्यु लगत्तै किसुनदेवले ममतासग विवाह गरेका थिए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !