नेपालमा पनी सामुहिक वलत्कार,तिनजना पक्राउ


झापा पुस १९ ।
झापाको दमकमा एक युवती सामूहिक बलात्कारको शिकार भएकी छन् । मुलुकमा महिला हिंसाका घटना बढेको समाचारहरु आइरहँदा दमकमा २० वर्षिय युवतीमाथि सामूहिक बलात्कार भएको हो  । आफ्ना प्रेमिसँग बसिरहेकी युवतीलाई हिजो साँझ ६ बजेतिर युवाहरुको समूहले नियन्त्रणमा लिएर दमक ९ स्थित हिमालय गुडरिक चियावगानमा लगेको थियो । प्रहरीले रातभर खोजी गरेपनि आज विहान ५ बजेमात्र यूवतीको उद्धार भएको बताइएको छ । प्रहरीले बलात्कारमा संलग्न ३ जनलाई पक्राउ गरेको छ ।

 पक्राउ पर्नेमा दमक ९ का १७ वर्षिय रोहित भट्टराई, आशिष दर्नाल र १८ वर्षका सन्दिप दर्जी रहेका छन् । बलात्कारमा संलग्न अर्का एक जना भने फरार रहेका छन् । घटनाको बिषयमा थप जानकारी दिनका लागि जिल्ला प्रहरी कार्यालयले अहिले केहिबेरपछि पत्रकार सम्मेलन गर्ने बताएको छ । यसैबीच घटनाको बिरोधमा एमाले निकट अखिल महिला संघ झापाले अहिले दमकमा बिरोध र्याली गर्दै बलात्कारमा संलग्नहरुलाई कडा कारबाही गर्न माग गरिरहेको छ ।

Related

विविध 1421698298800468326

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item