नवीकरणीय ऊर्जा सप्ताह २०६९ विभिन्न कार्यक्रम गरी मनाइँदै


चीना थापा, 
सिन्धुली,माघ ११ ।
नवीकरणीय ऊर्जा सप्ताह २०६९ अन्र्तक्रिया  कार्यक्रम आज सिन्धुलीमाढीमा सम्पन्न भएको छ  कार्यक्रममा वैकल्पिक ऊर्जा तथा वातावरण शाखाका निमित्त कार्यालय प्रमुख शिवराम ताम्राकारले संस्थाले सिन्धुली जिल्लामा गरेका कामहरुको बारेमा जानकारी गराउनुभएको थियो । त्यस्तै वैकल्पिक उर्जाको क्षेत्रमा रिमरेक धुलिखेले सिन्धुलीमा गरेको कामहरुको बारेमा सिन्धुलीका फिल्ड प्रमुख दिनेश श्रेष्ठले जानकारी गराउनुभएको थियो ।

 जिल्ला विकास समिति जिल्ला उर्जा तथा वातावरण शाखा सिन्धुलीको आयोजनामा भएको कार्यक्रममा एकीकृत माओवादीका गणेश वुढाथोकी, नेकपा एमालेका खड्ग वसु, नेपाली काङ्ग्रेसका दिपक मिश्र, माक्सवादीका भोजराज सत्याललगायत सरकारी तथा गैर सरकारी सङ्घ संस्थाको उपस्थिति रहेको थियो । माघ ७ गते देखि सुरु भएको नविकरणीय ऊर्जा सप्ताह यही माघ १३ गते सकिनेछ ।

Related

प्रमूखखबरहरु 1725208937890544302

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item