जिल्ला प्रशासन कार्यालय रामेछापमा राहदानी लिने बढे

http://sindhulidarpan.blogspot.com/2013/01/pasport.html
रीता मगर,
रामेछाप,माघ ११ ।
जिल्ला प्रशासन कार्यालय रामेछापमा राहदानी लिनेको सङ्ख्या बढेको छ । जिल्ला प्रशासन कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा करिब ३५ सयलाई राहदानीको सिफारिस गरेको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय रामेछापमा राहदानी लिनेको सङ्ख्या बढेको छ । जिल्ला प्रशासन कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा करिब ३५ सयलाई राहदानीको सिफारिस गरेको जनाएको छ ।

राहदानीका लागि जिल्लाका विभिन्न स्थानबाट महिनामा ७ सयदेखि ८ सय जनासम्म आउने गरेको जिल्ला प्रशासन कार्यालय रामेछापका कम्प्युटर अपरेटर गणेश थापाले बताउनुभयो । अहिले पुरुषहरुको भन्दा महिलाहरु राहदानी लिनेको सङ्ख्या बढेको थापाले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !