अवैध रुपमा काठ काट्दै गर्दा सर्लाही जानकीनगरमा एक रेञ्जर पक्राउ

http://sindhulidarpan.blogspot.com/2013/01/ranger.html
सुरेश बिडारी,
सर्लाही,माघ ११ ।
सामुदायिक वनमा रुख काट्दै गरेको अवस्थामा सर्लाही जानकीनगरमा एक रेञ्जर पक्राउ परेका छन् । प्रस्तावित देउराली सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा रुख काट्दै गरेका जानकी नगर रेञ्ज पोष्टका रेञ्जर रणभिर झालाई स्थानीयले रङ्गे हात पक्रेका हुन् ।

अन्दाजी २० क्युफिट करमको गोलिया टायरमा लोड गरिसकेको र त्यस्तै २० क्युफिट बराबरको गोलिया तयार पार्दै गरेको अवस्थामा स्थानीयले रेञ्जर झालाई पक्रेको सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रिय सदस्य पार्वति विश्वकर्माले जानकारी दिनुभयो । उपभोक्ता समितिलाई जानकारी नै नदिई अवैध रुपमा रुख काट्दै गरेका झालाई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय हरिपुरमा बुझाइएको उहाँले बताउनुभयो । २० क्युफिट गोलिया टायर गाडा सहित ईलाका वन कार्यालय मुर्तियामा बुझाइएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !