सरकारले निर्वाचन गराउन सक्दैन : राणा

http://sindhulidarpan.blogspot.com/2013/01/sindhuli_24.html
नविनबाबु अधिकारी,
सिन्धुली,माघ ११ ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सरकारले जेठमा संविधानसभाको निर्वाचन गर्न नसक्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र जनशक्ति पार्टी एकताको प्रथम जिल्ला अधिवेशन उद्घाटन गर्दै राणाले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री भट्टरार्ईले तत्काल राजिनामा दिनुपर्ने बताउँदै राणाले सरकारमा बसिरहनु कुनै औचित्य नभएको बताउनुभयो ।

यसैबीच अखिल नेपाल राष्ट्रिय सवतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी संघ सिन्धुलीको संयुक्त आयोजनामा जिल्ला प्रशासन कार्यालय सिन्धुली अगाडि धर्ना दिएका छन् । दुई विद्यार्थी संगठनको अगुवाइमा भएको धर्नालाई नेपाल पत्रकार महासंघ सिन्धुलीले पनि ऐक्यबद्धता जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !