प्रचण्ड कार्यक्रम स्थल नै पुग्न सकेनन्


मुगु,माघ ११ ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीको जिल्ला अधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहे पनि राराबाटै फर्कनुभएको छ । रारा आएको अध्यक्ष प्रचण्डसहितको टोली मुगुको गमगढी नझरेर २ बजे सुर्खेत तर्फ गएपछि जिल्ला तहका नेताबाट सम्मेलनको उद्घाटन गरिएको थियो ।  अध्यक्ष प्रचण्ड फिर्ता भएपछि कार्यकर्ताहरू भने निरास बनेका थिए । 

प्रचण्डसहित प्रधानमन्त्री एवम् उपाध्यक्ष डा. बाबुराम भट्टराईलगायतका नेताहरु सदरमुकाम गमगढी आउने भनिए पछि प्रतिपक्ष दलहरुले माओवादी नेता र सरकारविरुद्ध प्रदर्शन गर्ने तयारी गरे पछि उहाँहरू फर्कनुभएको हो । हुम्लाको सदरमुकाम पुगेको प्रचण्डको टोलीले जिविसको हलभित्र सम्मेलनको उदघाटन गरि फर्केको थियो । गमगढीमा सरकारका विरुद्ध आन्दोलन गरिरहेका आन्दोलनरत दलहरुलाई नेताहरु आउँदा विरोध नगर्न स्थानीय प्रशासनमा छलफल हुँदा दलहरुले जस्तोसुकै अवस्था आए पनि विरोध कार्यक्रम नरोक्ने बताएका थिए । 

स्थानीय प्रशासनले नेपाली सेना तथा नेपाल प्रहरी गरेर एक सयभन्दा बढीलाई कार्यक्रम हुने स्थान महाकाली उच्च माध्यमिक विद्यालयमा खटाएको थियो । माओवादीका शीर्ष नेता तथा प्रधानमन्त्री जिल्ला आउने भने पछि जिल्ला सदरमुकाम बाहिर रहेका प्रहरी चौकीका सुरक्षाकर्मीलाई समेत सदरमुकाम झिकाइएको थियो ।

Related

राष्ट्रिय 1449482856316318318

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item