मृत्यु भएको सात दिन बित्न लाग्दा पनि शव बुझेनन्,



रौतहट माघ ११ /
रौतहटको चन्द्रनिगाहपुरमा गएको शक्रबार दुर्घटनामा मृत्यु भएको भनिएकी महिलाको शव अहिलेसम्म पनि परिवारले बुझ्न सकेका छैनन् । चपुरस्थित आश्रेय निर्माण सेवामा खाना बनाउने काम गर्दै आएकी चपुर ५ बस्ने ३५ वर्षकी टिका घिमिरेको शुक्रबार बिहानै सेवाकै गाडीको ठोक्करले ज्यान गएको बताए पनि परिवारले महिलालाई बलात्कारपछि मारिएको भन्दै निष्पक्ष छानविन हुनुपर्ने माग गर्दे शव बुझेको छैन । गाडिको ठोकरले घाइते बनेकी भनिएको महिलाको परिवारलाई विना खबर अस्पतालमा लगिएपछि घटना रहस्यमय भएको भन्दै परिवारले शव बुझ्न नमानेका हुन् । शव अहिले इलाका प्रहरी कार्यालय चपुरमै राखिएको छ । यसैबीच इलाका प्रहरी कार्यालय चपुरले पीडित पक्षसँगको वार्ता जारी रहेको र वार्ता सकारात्मक दिशा तिर अघि बढेकोले पिडित पक्षले शव आज बुझने जानकारी दिएको हो । महिलाको सेवा निर्माणकै परिसर भित्र बि.आर. ०५ जी.५६९६ नम्वरको भारतिय गाडिको ठोकरले ज्यान  गएको बताईंदै आएको छ । 


Related

विविध 8893733396311257140

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item