महिलाहरु मोर्चामा


काठमान्डौ माघ ११/
अमेरीकामा सेनाको विशेष कमाण्डो र युद्धमोर्चाको अग्रपँक्तीमा महिलाहरुमाथी लगाइएको बन्देज हटाइने भएको छ ।महिलामाथी सन् १९९४ देखी लगाइदै आएको प्रतिवन्द फुकुवा गर्न रक्षामन्त्री लियोन पनेटाले आज महत्वपूर्ण घोषणा गर्दे छन् ।पनेटाको घोषणासँगै महिलाहरु युद्धभुमीमा अग्रमोर्चामा समेत आउनेछन् । यो निर्णयले २ लाख ३० हजार सैनिक पदहरु महिलाहरुका लागी खुला हुनेछन् ।यसअघि महिलाहरुले इराक र अफगानिस्तान युद्धमा स्वास्थ्यकर्मी, सुचना अधिकारी, गुप्तचर कर्मचारी, र सैनिक प्रहरी जस्ता जिम्मेवारीहरु मात्र सम्हाल्दै आएका थिए ।सेनाको नीति विभेदपूर्ण भन्दै ४ जना सैनिक महिलाहरुले यसअघि नीति पुनरावलोकनका लागी निवेदन समेत दिएका थिए ।
गएको बर्ष सैनिक नीतिलाई नरम बनाउदै १४ हजार ५ सय महिलाहरुलाई युद्ध मोर्चामा प्रत्यक्ष सहभागी गराइएको भएपनि औपचारीक रुपमा उच्च पद र अग्रमोर्चामा भने महिलाहरुलाई सहभागी गराइएको थिएन । अमेरीकी सिनेटमा शसस्त्र सेवा समितीका प्रमुख कार्ल लेभिनले समेत यस निर्णयको स्वागत गरेको विविसी अनलाइनले जनाएको छ ।

Related

प्रमूखखबरहरु 3704003624617143357

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item