नेकपा एमालेले महिला हिंसाविरुद्व प्रदर्शनगर्दै


काठमाण्डौ,पुस २६ ।
मुलुकमा पछिल्लो समय बढ्दै गएका महिला हिंसाका घटनाको विरुद्वमा आज नेकपा एमालेले राजधानीमा प्रदर्शन गर्ने भएको छ । महिला हिंसाका घटनामा बृद्वि हुँदा पनि सरकारले ठोस कदम चाल्न नसकेकोले ध्यानाकर्षण गराउनको लागि प्रदर्शन गर्न लागिएको प्रचारविभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । ज्ञवालीका अनुसार मध्यान्ह् १२ बजे रत्नपार्कमा रहेको शान्ति बाटिकाबाट सुरु हुने ¥यालीले बिभिन्न भागको परिक्रमा गरेर वशन्तपुरमा कोणसभामा परिणत हुनेछ । 
 
राजधानी सहित देशभरमा हिजोनै प्रदर्शन गर्ने पूर्व निर्णय गरेको भए पनि नेकपा–माओवादीको सभाका कारण राजधानीको कार्यक्रमलाई एमालेले आजको लागि सारेको थियो । यसैबीच पत्रकार डेकेन्द्र थापाका हत्यारालाई उन्मुक्ति दिन खोजेको भन्दै मानवअधिकारकर्मीहरुले आज प्रदर्शन गर्दैछन् । अहिले बिहान ११ बजे सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गर्ने मानवअधिकारकर्मी सुशील प्याकुरेलले जानकारी दिनुभयो ।

Related

राष्ट्रिय 522948275498530567

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item