एकीकृत माओवादी पनि महाधिवेसनको छलफलमा


काठमाण्डौ,पुस २६ ।

एकीकृत नेकपा माओवादी पनि महाधिवेसनमा केन्द्रित हुन थालेको छ । एकीकृत नेकपा माओवादीको महाधिवेसन आयोजक समितिको बैठक आज बस्दैछ । दिउँसो बस्ने बैठकमा महासधिवेसनको तयारी र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयार गरेको प्रतिवेदनका विषयमा छलफल हुनेछ । 

अध्यक्ष प्रचण्डले वर्तमान राजनीतिक संकट, पार्टी विभाजनपछिको अवस्था र भावी रणनीति सहितको प्रतिवेदन तयार गरिसक्नु भएको छ । अध्यक्ष तयार गरेको प्रतिवेदनमा छलफल गरेर त्यसलाई थप संसोधन गर्न सकिने विषयमा सुझाव दिने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

 बैठकमा अहिलेको राजनीतिक संकट समाधानका विषयमा पनि विचार विमर्श गरिने उहाँले बताउनुभयो । बैठक दिउँसो २ बजे पार्टी कार्यालय पेरिस डाँडा कोटेश्वरमा बोलाइएको छ ।

Related

विविध 4054992424427207492

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item